Logo
१८ बैशाख २०८१, मंगलबार
(October 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वुमन्स च्याम्पियन्स लिग क्रिकेट : चितवनले जित्यो पहिलो महिला क्रिकेट लिगको उपाधि

वुमन्स च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज बिहीबार भएको क्याट क्वीन्स काठमाण्डौ र चितवन राइनोजबीच खेलमा चितवन राइनोजले प्रतियोगिता जितेको छ । पहिलो संस्करणको महिला फ्रेन्चाइज लिग वुमन्स च्याम्पियन्स लिग टी२० क्रिकेटको उपाधि चितवन राईनोजले जितेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल प्रतिस्पर्धामा क्याट क्विन्स काठमाडौँलाई चितवन राइनोजले ४५ रनले पराजित गरेको हो । जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको काटमाडौं ६७ रनमै खुम्चियो। काठमाडौं निर्धारित २० ओभरमा ६७ रनमा अलआउट हुन पुग्यो।

काठमाडौंका लागि अप्सरी बेगमले १५, ममता थापा र इश्वरी विष्टले समान १३-१३ रन बनाए। बाँकी व्याट्सवुमनले दोहोरो अंकको रन बनाउन सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न सुमन खतिवडा र निग्मा तामाङले ३-३ विकेट खसाले ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ्गमा तानिएको चितवनले पुरा ओभरमा ४ विकेट खर्चदै १ सय १२ रन बनाएको थियो। चितवनकी सुमन खतिवडाले सर्वाधिक २९ रन बनाउँदा कप्तान इन्दु बर्मा २२ रनमा नटआउट रहिन्। काजोल श्रेष्ठले २१, कञ्चन श्रेष्ठले १९ रन बनाइन्।

सरस्वती कुमारी, लक्ष्मी साउद, संगीता राईले १- १ विकेट लिए । ५ फ्रेन्चाईज टोली सहभागी प्रतियोगिताको उपाधिसँगै चितवनले नगद ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता काठमाडौंले ३ लाख रुपैयाँमै चित्त बुझाएको छ ।

प्रकाशित मिति: Oct 24, 2019

प्रतिक्रिया दिनुहोस्