Logo
११ श्रावण २०८१, शुक्रबार
(May 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्युरोडमा महानगरले सडक तोडफोड गरेको यातायातमन्त्री महासेठको आरोप

१३ जेठ, काठमाडौं । यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं न्युरोडमा महानगरले कानुनविपरीत तोडफोड गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो । फोहोर फाल्दै मेयर बालेन शाहले महासेठको नाम लिँदै ठाडो आदेशमा काम रोकिदिएकाले ‘धुलो उपहार पठाएको’ बताएका थिए ।

मेयर शाहले चत्रपथ विस्तारको काम नहुँदा सर्वसाधारण जनताले धुलो खानु परेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । त्यसको प्रतिक्रिया दिँदै मन्त्री महासेठले भने, ‘कलंकी देखि महाराजगजको कुरा व्यक्तिगत रुपमा सल्लाहका रुपमा लिएको छु । त्यसमा मेरो कुनै आपत्ती छैन । सुझावका रुपमा लिएको छु । तर, न्युरोडमा जुन क्रियाकलाव छ, तयो काननुसम्मत छैन । यत्ति हो मेरो कुरा ।’

शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा महमानगरले फोहोर फालिदिएपछि दुवै पक्ष वादप्रतिवादमा उत्रिएका छन् ।

डिभिजन कार्यालयले शनिबार राति नै विज्ञप्ति जारी गर्दै अनुमतिबिना न्युरोडको स्टान्टर्ड मापदण्ड घटाउने काम भइरहेको हुँदा आफूहरुले रोकेको तर, महानगरले विषयान्तर गरेर चक्रपथको विषय जोडेको स्पष्टीकरण दिएको थियो ।

प्रकाशित मिति: May 26, 2024

प्रतिक्रिया दिनुहोस्