Logo
१७ बैशाख २०८१, सोमबार
(April 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरले मुख्यमन्त्रीमा पेश गरे दाबी

२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्त गर्न पत्र दिएका हुन् ।

प्रदेश प्रमुख मियाले भने नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीलाई निलम्बन गरेको जानकारीसहितको पत्र प्रदेशसभाबाट प्राप्त भएकाले आफूले कानुनी परामर्शपछि मात्र निर्णय लिने जवाफ दिएका छन् ।

प्रकाशित मिति: Apr 14, 2024

प्रतिक्रिया दिनुहोस्