Logo
१७ बैशाख २०८१, सोमबार
(April 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलालीमा दिदीबहिनी मृत भेटिए

 कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका-१० कने थेवरमन कलेशु चौधरीकी  दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए ।

उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।

दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए ।

प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषध खाइरहेको पाइएको ५ ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बिष्टले बताए ।

प्रकाशित मिति: Apr 9, 2024

प्रतिक्रिया दिनुहोस्