Logo
२५ बैशाख २०८१, मंगलबार
(April 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखले बोलाएको बैठकमा कांग्रेसले भन्योः संसदीय छानबिन समिति न्यूनतम माग हो

नेपाली कांग्रेसले संसदीय छानबिन समितिबाट पछि नहट्ने अडान लिएको छ । प्रतिनिधि सभाको बैठक हुनु एक दिन अघि सभामुख देवराज घिमिरेले बोलाएको दलका नेताहरुको बैठकमा कांग्रेसले संसदीय छानबिन समितिको माग दोहोर्‍याएको हो ।

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको भन्दै छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेसको मागका बारेमा छलफल गर्न सभामुख घिमिरेले कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरु छलफलमा डाँकेका थिए ।

संसदीय छानबिन समिति न्युनतम माग रहेको तर त्यसलाई मान्न सरकार तयार नभएका प्रमुख सचेतक रमेश लेखकले बताए । ‘अब संसदमा कुनै बैठकका काम कारबाही अवरुद्ध भए भने त्यसको जिम्मेवार सरकारले लिनुपर्दछ,’ लेखकले भने । भोलि संसदमा सरकार कुन रुपमा प्रस्तुत हुन्छ त्यसै अनुसार कांग्रेस प्रस्तुत हुने बताए ।

कांग्रेसका प्रमुख सचेतक लेखकले आफ्ना कुराहरु यथावत राखेको बताए । ‘लाखौं लाख नेपालीहरुको पैसा सहकारीहरुमा बचत गरिएको छ । देशका विभिन्न सहकारीहरुमा रकमको अपचलन गर्ने, दुरुपयोग गर्ने, ठगि गर्ने लगायतका काम भएका छन्,’ लेखकले बैठक पछि भने ।

रकम अपचलनमा बहालवाला मन्त्रीको कुरा उठिरहेको लेखकले बताए । कांग्रेसले संसदीय छानबिन समिति माग गरिरहेको लेखकले बताए । ‘हामीले हाम्रो कुरा स्पष्ट राखेका छौं । अहिलेसम्म हामी सदसयतापूर्वक प्रस्तुत भएका छौं,’ लेखकले भने,‘आफ्नो माग निरन्तर राखेका छौं । संसदलाई अवरोध गरेका छैनौं ।’

सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत हुँदै गएको उनले बताए । विचल्लीमा भएका नागरिकका विषयमा सरकार गम्भीर नभएको लेखकले आरोप लगाए ।

प्रकाशित मिति: Apr 8, 2024

प्रतिक्रिया दिनुहोस्