Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन्। तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले  जानकारी दिए ।

हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ।

उनी लामो समयदेखि श्रेष्ठको हत्या कसूरमा फरार रहँदै आएका थिए । सो प्रकरणमा यसअघि पक्राउ परेका लडाकु कमाण्डर गोविन्दबहादुर बटाला पछि रिहा भएका थिए ।

प्रकाशित मिति: Apr 2, 2024

प्रतिक्रिया दिनुहोस्