Logo
१६ बैशाख २०८१, आईतबार
(March 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँको तारे भिरमा हत्या गरेर गाडेको अवस्थामा किशोरीको शव फेला

काठमाडौँको तारे भिरमा हत्या गरेर पुरेको अवस्थामा किशोरीको शव भेटिएको छ । १२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामाको शव तारेभिर क्षेत्रको जंगलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए ।

फागुन २५ मा शव उत्खनन् गरेर उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे अनुसन्धान गरिरहेको छन् । मृतक लामा कक्षा १२ मा पढ्थिन् । हात बाँधेर गाडेको अवस्थामा शव उत्खनन् गरिएको छ ।

घरबाट माघ २२ मा  ‘क्याम्पस जान्छु’ भनेर हिँडेकी उनी नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए । फागुन २५ मा गोकर्णेश्वर नगरपालिका–३ स्थित तारे भिरबाट शव उत्खनन् गरिएको काठमाडौँका एसपी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: Mar 13, 2024

प्रतिक्रिया दिनुहोस्