Logo
१० बैशाख २०८१, सोमबार
(February 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईसीसी क्रिकेट विश्वकप लिग २ : भीम सार्की ४४ रनमा आउट, नेपाल संकटमा

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपाली इनिङ सम्हालिरहेका भीम सार्की ४४ रनमा आउट भएका छन् ।

पाँचौ नम्बरमा व्याटिङमा आएका सार्की सातौं विकेटका रुपमा २७।४ ओभरमा आउट भएका हुन् ।

अफस्टम्प नजिकैको बलमा कप्तान एरास्मसजले जोडदार अपिल गरेका थिए । जसमा अम्पायरले एलबीडब्लू आउट लिए ।

एकातिरबाट लगातार विकेट गइरहे पनि एकातिरबाट नेपाली इनिङ सम्हालेका भीमले ८६ बलमा २ चौका र १ छक्का हाने ।

यसअअघि छैटो विकेटका रुपमा सोमपाल कामी व्यक्तिगत २ रनमा आउट भएका थिए ।

जेरार्ड एरास्मसको बललाईसोमपालले स्वीप खेल पनि मिडविकेटका जेन फ्रेलिंकले उत्कृष्ट रनिङका साथ स्क्वायर लेगमा उत्कृष्ट क्याच लिए ।

यसअघि १९।५ ओभरमा कप्तान जेरार्ड एरास्मसले नै कुशल मल्ललाई आउट गरेका थिए । मल्ल सट थर्डम्यानमा लुंगामेनीबाट क्याच आउट भएका छन् ।

कुशललाई आउट गर्नको लागि जेरार्ड रणनीतिक हिसाबमा आफैं अफ स्पिन बलिङ लिएर आएका थिए ।

उनको यो रणनीति सफल भएको छ र उनी कुशल र सोमपालको विकेट लिन सफल भएका छन् ।

यसअघि कप्तान रोहितकुमार पौडेल चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भएका थिए ।

इन साइड एज लागेर बोल्ड आउट भएका उनले १० बलमा खाता खोलेका थिए । १३ बल खेलेर आउट भएका रोहितले दोस्रो रन थप्न सकेनन् ।

एक दिवसीय क्रिकेटमा डेब्यू गरेको यू–१९ टिमका खेलाडी ब्रासेलले यसअघि ३।५ ओभरमा ओपनर आसिफ शेखलाई पनि आउट गरेका थिए ।

ज्याक ब्रासेलको बलमा आसिफ सिल्ली मिडअनमा जेजे स्मिथको हातबाट सहज क्याच आउट भए ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याटर अनिल साहलाई ८ रनमा गुमाएको थियो

प्रकाशित मिति: Feb 15, 2024

प्रतिक्रिया दिनुहोस्