Logo
१६ बैशाख २०८१, आईतबार
(February 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुबिना क्षेत्रीको प्रहार : कीर्तिमानी शतक

एसिसी सिसी वुमन्स प्रिमियर कप २०२४मा नेपालकी ब्याटर रुबिना क्षेत्रीले कीर्तिमानी शतक प्रहार गरेकी छिन् ।

नेपाली महिला टिमबाट पहिलो पटक अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने क्रममा रुबिनाले माल्दिभ्सविरुद्ध नटआउट ११८ रन बनाइन्। उनले ५९ बलमा १० चौका र ५ छक्का प्रहार गरिन् ।

नेपाली महिला टिमका लागि एकै खेलमा सर्वाधिक स्कोरको रेकर्ड समेत रुबिनाले आफ्नो नाममा लेखाइन्। यस अघि नेपाली महिला टिमबाट सर्वाधिक स्कोरको कीर्तिमान सीता रानामगरको नाममा थियो। उनले कतारविरुद्ध २०२१ मा ८२ रन जोडिकी थिइन्।

रुबिनाको शतकमा मलेसियामा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २२७ रन जोडेको छ।

यो स्कोर नेपाली महिला टिमको टी-२० मा अहिलेसम्मकै उच्च स्कोर हो।

यसअघि नेपालको टी-२० महिला अन्तर्राष्ट्रियमा उच्च स्कोर १६४ रन थियो। नेपालले कतारविरुद्ध २०२१ मा ३ विकेटको क्षतिमा १६४ रन जोडेको थियो।

खेलमा रुबिनासँगै पूजा महतोले पनि उत्कृष्ट ब्याटिङ गरिन्। उनले पनि अर्धशतक प्रहार गर्ने क्रममा ३६ बलमा ५ चौका र १ छक्काको मद्दतमा नटआउट ५९ रन बनाइन् ।

समूह ‘डी’ मा रहेको नेपालले यसअघि शनिबार हङकङलाई ८ विकेट र आइतबार भुटानलाई पनि ८ विकेटले नै पराजित गरेको थियो। नेपाल यसअघि नै अन्तिम आठमा पुगिसकेको छ।

 

प्रकाशित मिति: Feb 13, 2024

प्रतिक्रिया दिनुहोस्