Logo
१७ बैशाख २०८१, सोमबार
(February 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकहरूबाट लिएको ऋण तिर्नुको कुनै विकल्प छैन : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम सुरु गरेको बताएका छन्।

बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए। उनले विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन समय लाग्ने बताए।

उनले स्राेत नै सुनिश्चित नभइकन घोषणा भएका योजना र शिलान्यस भएका परियोजनाका कारण समस्या आएकाले आफूले त्यही समस्या समाधानको पहल गरिरहेको बताए।

अर्थमन्त्री महतले समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको दाबी गरे। उनले महतले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताए।

उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिनेहरूका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरूले ऋण तिर्नुपर्ने बताए।

केही मानिसले राजनैतिक निहीत उद्देश्य लिएर ऋण तिर्नुपर्दैन भन्दै उनले आन्दाेलन गरिरहेकाले यस्ताे प्रवृत्तिकाे पछि लाग्नु आफ्नै खुट्टामा बन्चराे हान्नु बराबर भएकाे टिप्पणी गरे।

अर्थमन्त्री डा. महतले आफूले आएर काम गरेपछि शेयर मार्केट १८ सयबाट अहिले २१ सय भन्दा माथि पुगेको दाबीसमेत गरे।

प्रकाशित मिति: Feb 7, 2024

प्रतिक्रिया दिनुहोस्