Logo
१८ बैशाख २०८१, मंगलबार
(February 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि रास्वपाको दबाब अभियान : पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’ सुरु भएको छ ।  २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गरेका हुन् ।

रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो ।

सिन्धुपाल्चोक-काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् । दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् ।

सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ-पुल्चोक-गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।

विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भएकाको भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको छ ।

रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागेको हो ।

प्रकाशित मिति: Feb 4, 2024

प्रतिक्रिया दिनुहोस्