Logo
१७ बैशाख २०८१, सोमबार
(January 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा महानगरको डोजर

काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिका-१० बानेश्वर सहभागिता मार्ग अन्तरगत वडा कार्यालयको छेउमै रहेको ४ वटा पक्की घरमा डोजर चलाइएको नगर प्रहरी बानेश्वर क्षेत्रका इन्चार्ज प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले जानकारी दिए ।

‘सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका ४ वटा घर भत्काउन भनेका थियौं । तर अटेर गरेपछि डोजर चलाएर हटाएका हौं,’ उनले भने ।

उनले महानगरपालिकाभित्र सार्वजनिक जग्गा मिचेर र मापदण्ड विपरीत बनेका संरचना हटाउन भन्दै पटक पटक सूचना गरेपनि अटेर गरेकाले डोजर चलाउन बाध्य भएको बताए ।

प्रकाशित मिति: Jan 26, 2024

प्रतिक्रिया दिनुहोस्