Logo
१७ बैशाख २०८१, सोमबार
(January 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रमुख सुनिता डंगोलको निर्देशनमा काठमाडौँ महानगरमा ‘कटन क्याण्डी’ बेच्न रोक

काठमाडौँ महानगरपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी (हवा मिठाई) बालबालिकालाई लक्षित गरेर बेच्न रोक लगाएको छ ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले हानीकारण रङ भेटिएको पाइएपछि यस्ता बस्तु बेचिने ठाउँहरुमा तत्काल अनुगमन गर्न निर्देशन दिएकी छन् ।

अभिभावकहरुलाई समेत खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी छन् ।

बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) को नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले परीक्षणको लाग पठाएको थियो ।

गत २९ पुसमा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका पठाएकोमा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको पाइएको हो ।

त्यसपछि महानगरले बालबालिका लक्षित गरेर उक्त क्याण्डी बेच्न रोक लगाएको हो ।

गुणस्तर नभएका खानेकुरा बेचबिखन गरेको पाइएमा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गरिने महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले जनाएको छ ।

 

 

प्रकाशित मिति: Jan 26, 2024

प्रतिक्रिया दिनुहोस्