Logo
१७ बैशाख २०८१, सोमबार
(January 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई मेयर साम्पाङको पत्र : प्रतिष्ठानको समस्या समाधान गर

कोशी प्रदेश स्थित धरान उपमहानगरपालिका सुनसरीका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानको माग गर्दै संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका छन्।

उनले प्रतिष्ठानका कायममुकायम उपकूलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कार्यालयमा हाजिर गराई प्रतिष्ठानमा देखिएको समस्याको निकासा दिन अनुराध गरेका छन्।

मेयर साम्पाङले बीपी प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधानको माग गर्दै स्वास्थ मन्त्रालयलाई पत्र लेखेका हुन्।

प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आदोलनमा छन्। उनीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको छ।

प्रकाशित मिति: Jan 16, 2024

प्रतिक्रिया दिनुहोस्