Logo
१७ बैशाख २०८१, सोमबार
(December 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हमासबाट मुक्त नभएसम्म इजरायललाइ सहयोग जारी रहन्छ : जो वाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको लागि समर्थन जारी रहेको पुनः पुष्टि गरेका छन ।

उनले इजरायलले जारी गरेको युद्दमा अमेरिकी सैन्य सहायता जारी राख्ने पनि प्रतिबद्दता जनाएका छन ।

ह्वाइट हाउसमा आयोजित हनुक्काह समारोहमा बोल्दै अमेरिकी राष्ट्रपति वाइडनले इजरायलको स्वतन्त्र यहूदी राज्यको रूपमा अस्तित्वको अधिकारको लागि आफ्नो प्रतिबद्धता अटल रहेको बताए।

बाइडेनले यो पनि भनेका छन की इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वर्षौंदेखि उनको असहमति रहेको छ । तर पनि, यो जोड दिए कि उनको प्रशासनले हमासबाट मुक्त नभएसम्म इजरायललाईे सैन्य सहायता प्रदान गर्न जारी राख्नेछ।

‘तर, हामी होसियार हुनुपर्दछ र सावधान रहनु पर्छ, सम्पूर्ण विश्वको जनमत रातारात परिवर्तन हुन सक्छ, हामी त्यसो हुन दिन सक्दैनौं,’ उनले भने।

बाइडेनले गाजामा तत्काल युद्धविरामको लागि आह्वान गर्न असफल भएकोमा व्यापक आलोचनाको सामना गर्नु परिरहेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूलाई लडाइँ अन्त्य गर्न आग्रह गर्ने र इजरायललाई थप गोला बारुद पठाउन कांग्रेसलाई बाइपास गर्ने कार्य गरे पछि उनी थप आलोचित भएका छन ।

प्रकाशित मिति: Dec 12, 2023

प्रतिक्रिया दिनुहोस्