Logo
१७ बैशाख २०८१, सोमबार
(December 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डोनेशियामा डेढ अर्ब डलर लगानी गर्दै टिकटक

चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकले इन्डोनेशियामा १ अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्न लागेको छ । कम्पनीले इन्डोनेशियाको अनलाइन कम्पनी गोटू गोजेकको एउटा अनलाइन एकाई टोकोपेडियाको बहुसंख्यक शेयर किन्न सो लगानी गर्न लागेको हो ।

कम्पनीले इन्डोनेशियाली नियामकहरुले बन्द गरिदिएको आफ्नो अनलाइन व्यवसायलाई सुचारु गर्न खोजिरहेको छ ।

इन्डोनेशियाले अक्टोबरमा साना व्यापारीहरुको संरक्षण गर्न र प्रयोगकर्ताको डेटालाई जोगाउन भन्दै सामाजिक सञ्जाल मञ्चहरुमा खरिदारीमा बन्देज लगाएको थियो । यसका कारण टिकटकले आफ्नो अनलाइन सेवा टिकटक शप बन्द गर्न बाध्य भएको थियो । यो वर्षको शुरुमा टिकटकले इन्डोनेशिया लगायत केही बजारमा अनलाइन शप सेवा सुरु गरेको थियो ।

पछिल्लो सम्झौताअनुसार टिकटकले इन्डोनेशियाको सबैभन्दा ठूलो अनलाइन मञ्च गोटूजको टोकोपेडियाको ७५ दशमलव शून्य १ प्रतिशत शेयर ८४ करोड डलरमा किन्नेछ ।

कम्पनीले लगानीको आकार बढाएर डेढ करोड डलरमा पुर्‍याउने बताइएको छ । हालै सार्वजनिक भएको एउटा रिपोर्ट अनुसार इन्डोनेशियाको अनलाइन बजार यो वर्ष ६२ अर्ब डलरबाट बढेर सन् २०३०सम्ममा १ खर्ब ६० अर्ब डलरमा पुग्नेछ ।

 

प्रकाशित मिति: Dec 11, 2023

प्रतिक्रिया दिनुहोस्