Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहसचिव पदमा बढुवाका लागि १५ जना उपसचिवको नाम सिफारिस

१५ जना उपसचिवहरूलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले कार्यक्षमताको मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमा नर बहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुव बहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थ प्रसाद धिताल, राजेश गौतम, ऋषिराम पंगेनी, रामराज उपाध्याय (कडरिया), राजकपुर चौलागाईं, सन्तोष प्रसाद दाहाल, सूर्य बहादुर खत्री, जीवन प्रसाद दुलाल र ऋषिराज आचार्य रहेका छन् ।

प्रकाशित मिति: Dec 11, 2023

प्रतिक्रिया दिनुहोस्