Logo
२० बैशाख २०८१, बिहीबार
(December 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपाल बलिङ गर्दै

एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले बलिङ रोजेको छ । आइतबार बिहान दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा टस जितेर नेपालले अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको हो ।

सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ। यस अगाडिको शुक्रबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ मा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

त्यसैगरी अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग ७ विकेटले नै पराजित भएको थियो। पहिले ब्याटिङ गरेको अफगानिस्तानले भारतलाई जितका लागि १७३ रनको लक्ष्य दिएको थियो । भारतले उक्त लक्ष्य ३ विकेट गुमाएर पूरा गरेको थियो । नेपालले तेस्रो खेल मंगलबार भारतसँग खेल्नेछ ।

प्रकाशित मिति: Dec 10, 2023

प्रतिक्रिया दिनुहोस्