Logo
१२ श्रावण २०८१, शनिबार
(December 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस प्रचण्डपथको भरिया बनेको छ, यो सरकार आफैँ ढल्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले नेपाली कांग्रेस प्रचण्ड पथको भरिया बनेको टिप्पणी गरेका छन् । साथै उनले सत्ता गठबन्धनका नेता र वर्तमान सरकारले आफन्त पोस्नबाहेक केही काम नगरेको आरोप लगाए ।

एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत शुक्रवार डडेलधुराको अमरगढीमा आयोजित आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिगामी तत्त्वहरू आतङ्ककारी गतिविधिमा लागेको र सत्ता गठबन्धनका नेताहरू सरकार कसरी जोगाउने भन्नेमा मात्र केन्द्रित रहेको बताएका हुन् ।

‘नेपाली जनताका बीचमा बैमनस्यता र द्वन्द्व मच्चाउन खोज्ने तत्त्वहरू सक्रिय भएका छन् । उनीहरू विभिन्न ढङ्गले आतंककारी क्रियाकलाप गरिरहेका छन्’, ओलीले भने, ‘यस्तो अवस्थामा सत्तासीन गठबन्धन र त्यसका नेताहरू कसरी सरकार जोगाउने भन्ने सत्ता स्वार्थमा लागेका छन् ।’

त्यसक्रममा उनले वर्तमान सरकार कसैले ढालिरहनु नपर्ने पनि बताए । ‘हामी अहिले मिसन ०८४ भनेका छौँ । यो सरकार…म किन भनिरहेको छु भने यो सरकार कसैले ढाल्नुपर्दैन । सरकार हल्लिरहेको छ । च¥याक म¥याक, च¥याक म¥याक भइरहेको छ’, पूर्व प्रधानमन्त्री ओलीको भनाइ छ । उनले यो सरकार आफै ढल्न सक्ने भन्दै कुनै खुट्टा भएको सरकार नभई छेस्का अड्याएर बनेको सरकार भएकाले कुनै पनि बेला आफै ढल्ने बताए ।

‘सरकारको कुनै योजना, कार्यक्रम र नीति छैन । मोटामोटी भन्ने हो भने यो सरकार माओवादी नीति प्रचण्ड पथमा हिँड्न खोजेको छ’, उनले भने, ‘नेपाली कांग्रेस प्रचण्ड पथको भरिया बनेर हिँडिरहेको छ ।’

प्रकाशित मिति: Dec 1, 2023

प्रतिक्रिया दिनुहोस्