Logo
१५ बैशाख २०८१, शनिबार
(November 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब थप ६ वटा अदालतमा कानुन व्यवसायीले अनलाइनबाटै बहस तथा पैरवी गर्न पाउने

कानुन व्यवसायीले अब अदालत वा इजलासमा भौतिक रुपमा उपस्थित नभए पनि मुद्दामा बहस तथा पैरवी गर्न पाउने भएका छन्। कानुन व्यवसायीले आफू बसेकै स्थानबाट भर्चुअल रुपमा बहस तथा पैरवी गर्न पाउने भएका हुन्।

यसअघि सर्वोच्च अदालत र उच्च अदालत दीपायल तथा उच्च अदालत विराटनगरको इलाम इजलासमा यस्तो सुविधाको सुरुवात गरिएकामा थप स्थानमा पनि यस्तो सेवा विस्तार गरिएको छ। अब ६ वटा उच्च अदालतमा भर्चुअल बहस र सुनुवाइ हुनसक्ने भएको छ।

बिहीबारदेखि ६ वटा उच्च अदालतबाट अनलाइनमार्फत् बहस गर्न सकिने सेवा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले आरम्भ गरेका छन्। प्रधानन्यायाधीश श्रेष्ठले ४ चारवटा इजलासमा भर्चुअल बहस सेवाको उद्‌घाटन गरे।

प्रधानन्यायाधीश श्रेष्ठले बिहीबार सर्वोच्च अदालतबाटै उच्च अदालत सुर्खेतको जुम्ला इजलास, विराटनगरको धनकुटा इजलास, दीपायलको महेन्द्रनगर इजलास र पाटनको हेटौँडा इजलासमा अनलाइनमार्फत् बहस गर्न सकिने व्यवस्थाको आरम्भ गरे।

सेवाग्राही तथा कानुन व्यवसायीको समय बचत गर्न, खर्चमा कमी ल्याउन र न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले भर्चुअल बहसको सेवा सुरु गरिएको प्रधानन्यायाधीश श्रेष्ठले बताए।

प्रकाशित मिति: Nov 30, 2023

प्रतिक्रिया दिनुहोस्