Logo
२४ बैशाख २०८१, सोमबार
(November 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० खेलाडीमा सीमित ब्राजिलमाथि अर्जेन्टिनाको जित

विश्वकप छनोटमा ब्राजिल आफ्नै घरेलु मैदानमा अर्जेन्टिनासँग पराजित भएको छ । बुधबार भएको खेलमा अर्जेन्टिना १–० गोलले विजयी बनेको हो ।

खेलमा निकोलास ओटामेन्डीले ६३ औँ मिनेटमा एक मात्र गोल निर्णायक बन्यो । विश्वकप छनोटमा घरेलु मैदानमा ब्राजिल पराजित भएको यो पहिलो पटक हो । यसअघिका ६४ खेलमा ब्राजिल ५१ खेलमा विजयी र १३ खेलमा बराबरीमा रोकिएको थियो ।

यसअघि माकाराना रंगशालामा समर्थक र प्रहरीबिच झडप भएपछि खेल ३० मिनेट ढिला सुरु भएको थियो । पराजयसँगै ब्राजिल ६ खेलपछि अङ्क तालिकाको छैटौँ स्थानमा खस्किएको छ ।

६ खेलबाट टोलीको मात्र ७ अङ्क रहेको छ । अर्जेन्टिना भने समान खेलबाट १५ अङ्क बटुल्दै शीर्ष स्थानमा छ ।

अन्य खेलमा कोलम्बियाले पाराग्वेलाई १–० गोलले हरायो भने इक्वेडरले पनि चिलीलाई समान गोल अन्तरले पराजित गर्‍यो । उरुग्वेले बोलिभियालाई ३–० ले हराउँदा पेरु र भेनेजुएलाले १–१ गोलको बराबरी खेले ।

प्रकाशित मिति: Nov 22, 2023

प्रतिक्रिया दिनुहोस्