Logo
२४ बैशाख २०८१, सोमबार
(October 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्जुन कुमालको विष्फोटक शतकमा साउदी अरबलाई नेपालले दियो ३४८ रनको लक्ष्य

एसीसी यू १९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरेबलाई ३४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका ओपनर अर्जुन कुमालले विष्फोटक ब्याटिङ गर्दै शानदार १४२ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट क्षतिमा ३४७ रन जोडेको हो । कुमालले अन्डर १९ अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दोस्रो शतक पूरा गर्ने क्रममा ११२ बलमा १४२ रन जोडेर आउट भए । उनी नेपालका तर्फबाट उमेर समूहको क्रिकेटमा एउटै म्याचमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् ।

अर्जुनलाई तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले बलियो साथ दिएका थिए । उनले ९८ बलमा ८९ रन बनाए । कप्तान देव खनालको आज ब्याट चलेन । दुई बल खेलेका उनी शून्यमै आउट भए ।

छैटौं नम्बरमा आएका विशालविक्रम केसीले १८ बलमा २४ रन बनाएका थिए । साउदीअरबका लागि मोहम्मद घायूर अहमदले ८ ओभरमा ३८ रन खर्चेर दुई विकेट लिए । यस्तै मुहम्मद अहमद राजाले ६.१ ओभरमा ६० रन खर्चिएर दुई विकेट लिएका छन् ।

प्रकाशित मिति: Oct 19, 2023

प्रतिक्रिया दिनुहोस्