Logo
२५ बैशाख २०८१, मंगलबार
(October 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसीसी यू-१९ प्रिमियर कप : इरानलाई नेपालले दियो ३५४ रनको विशाल लक्ष्य

मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कपमा इरान नेपालले इरानलाई ३५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कप्तान देव खनालले नेपालका लागि विष्फोटक शतक बनाए ।

नेपालले ४०।१ ओभरमा सबै विकेट गुमाएर ३५४ रन बनाएको हो । पूरा ५० ओभर खेल्न नसक्दा नेपाल किर्तिमानी स्कोर बनाउने सम्भावनाबाट चुक्यो । १० ओभरको खेल बाँकी छँदा नै नेपालले १० विकेट गुमाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । अर्जुन कुमार दोस्रो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि ९ बलमा ३ रन मात्रै बनाउन सके । १० रनमै दुई विकेट गुमाएको अवस्थामा देवले ओपनर दिपक बोहोरासँग मिलेर नेपाललाई खेलमा फर्काएका थिए ।

खनालले ६० बलमा १२ चौका र ४ छक्काको मद्दतले शतक पूरा गरेका हुन् । १०० रन बनाएलगत्तै उनी आउट भएका थिए । बोहोरा ५९ बलमा ६५ रन बनाएर आउट भए ।

यस्तै दिपक प्रसाद डुम्रेले ४४ बलमा ६९ रन बढाउँदै नेपाललाई विशाल स्कोरतर्फ अघि बढाएका थिए । दीपेश कँडेलले २२ बलमा २९ रन बनाए ।

इरानका लागि सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३–३ विकेट लिएका छन् ।

 

प्रकाशित मिति: Oct 12, 2023

प्रतिक्रिया दिनुहोस्