Logo
२४ बैशाख २०८१, सोमबार
(October 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

१९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।

नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्नेछ । नेपालले हालैमात्र एसिया कपमा भारतसँग खेलेको थियो । भारतले एसियाडमा युवा खेलाडीलाई समेटेर क्रिकेट टोली पठाएको छ ।

यसअघि पहिलो चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर नेपालले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । प्रतियोगितामा ५ वटै टेस्ट राष्ट्रलाई सोझै क्वाटरफाइनलमा स्थान दिइएको थियो ।

 

प्रकाशित मिति: Oct 2, 2023

प्रतिक्रिया दिनुहोस्