Logo
२४ बैशाख २०८१, सोमबार
(September 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित शर्माको कीर्तिमान तोडे कुशल मल्लले

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोलीका ब्याट्सम्यान कुशल मल्लले विश्व कीर्तिमानी पाली खेलेका छन् । मंगोलियाविरुद्धको उक्त खेलमा कुशलले अविजित एक सय ३७ रन बनाए ।

उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका हिर्काए । बायाँ हाते ब्याट्सम्यान कुशलले टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिहासमै सर्वाधिक छिटो शतक बनाएका हुन् । उनले केवल ३४ बलमा शतक पुरा गरेका हुन् ।

यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान भारतका रोहित शर्माको नाममा थियो । भारतीय टोलीका वर्तमान कप्तान शर्माले केवल ३५ बलमा शतक बनाएका थिए । शर्माका अतिरिक्त दक्षिण अफ्रिकाका डेभिड मिल्लरले पनि ३५ बलमा अर्धशतक बनाएका थिए । कुशलले उनीहरूकै कीर्तिमान तोडेका हुन् ।

प्रकाशित मिति: Sep 27, 2023

प्रतिक्रिया दिनुहोस्