Logo
२२ मंसिर २०८०, शुक्रबार
(September 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ह्याम्स अस्पतालले आईपीओ निष्काशन गर्ने

ह्याम्स हस्पिटल अर्थात् ‘हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड’ ले साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित असोज २६ गते साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आईपीओ निष्काशन गर्ने र यी कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालकलाई समितिलाई दिने प्रस्ताव पेश हुने उल्लेख छ।

कम्पनीले काठमाडौँको धुम्बाराहीमा अस्पताल संचालन गरिरहेको छ । कम्पनीको अध्यक्ष डा। आरएस भण्डारी हुन् भने अन्य संचालकमा पीबी भण्डारी र डीबी भण्डारी रहेका छन् ।

प्रकाशित मिति: Sep 21, 2023

प्रतिक्रिया दिनुहोस्