Logo
१७ बैशाख २०८१, सोमबार
(September 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरू विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ ।

टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रका धेरै सहर र काउन्टीहरुमा मुसलधारे वर्षा भइरहेको छ । जसका कारण बाढी पहिरो र सडक अवरुद्ध भएको छ । प्रान्तीय विपद् न्यूनीकरण आयोगले १५ सहरमा बढी जोखिम रहेको बताएको छ ।

सेन्जेन, झुहाइ र जियाङ्मेन शहरहरु र फोशान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागहरूमा विद्यालयसमेत बन्द गरिएको छ । त्यस्तै ४७ रेल सेवाहरू अवरुद्ध भएका छन् भने ७९ सडक खण्डहर, ६ वटा टोल बुथ र एउटा पुल पुल अवरुद्ध भएको छ ।

प्रकाशित मिति: Sep 10, 2023

प्रतिक्रिया दिनुहोस्