Logo
२४ बैशाख २०८१, सोमबार
(August 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला टी-२० विश्वकप एसिया छनोट : मलेसियामाथि नेपालको रोमाञ्चक जित

बिहीबारबाट सुरु भएको आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आयोजक मलेसियामाथि ५ रनको रोमाञ्चक जित निकालेको छ।

मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टिम निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर ८४ रनमा समेटिएको थियो । जवाफमा मलेसिया ७९ रन मात्र जोड्न सफल हुँदा नेपालले रोमाञ्चक जित निकाल्यो।

नेपालले दिउको ८५ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रनमा समेटियो। उसका लागि कप्तान विनीफ्रेड दुराइसिंघमले २८ रन बनाउँदा ओपनर एइना हमिजाले १४ रन बनाइन ।

मास एल्साले १० रन बनाएकी थिइन्। मलेसियाविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि कविता कुंवर र कविता जोशीले समान २-२ विकेट लिए। त्यस्तै रुविना क्षेत्री, अश्मिना कर्मचार्यको नाममा १-१ विकेट रह्यो।

त्यसअघि, पहिले ब्याटिङ गरेको नेपालले पनि खुलेर ब्याटिङ गर्न सकेको थिएन। नेपालका लागि सीता राना मगरले ३८ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अप्सरी बेगमले १७ रन र रुविना क्षेत्रीले १२ रन बनाउनु थप दोहोरो रनको स्कोरका रुपमा रह्यो ।

नेपालविरुद्ध कसिलो बलिङ गरेको मलेसियाका लागि एइना हमिजाले २ विकेट लिँदा महिरा इज्जाती स्माइली, एइसा एलिसा र निक नुर एटिलाले समान १- १ विकेट लिए।

प्रतियोगिता समूह ‘ए’ मा रहेको नेपालले मलेसियासँग खेलेसँगै अब बहरान, भुटान, कतार र युएईसँग खेल्ने छ। समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउने छन्।

 

प्रकाशित मिति: Aug 31, 2023

प्रतिक्रिया दिनुहोस्