Logo
१७ बैशाख २०८१, सोमबार
(August 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चन्द्रयान–३ को सफलतामा भारतले ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने

भारत सरकारले अगस्त २३ मा ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने निर्णय गरेको छ । चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको खुसीयालीमा सरकारले सो दिनलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले भारतीय वैज्ञानिकहरूको उपलब्धिको प्रशंसा गर्दै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (ईसरो) लाई बधाई समेत दिएको छ ।

‘यो हाम्रो स्पेस एजेन्सीको मात्र जीत होइन, यो भारतको प्रगति र वैश्विक क्षेत्रमा देशको सफलताको उज्ज्वल सङ्केत पनि हो,’ बैठकले भनेको छ ।

भारत चन्द्रमाको दक्षिण ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । हाल प्रज्ञान रोभरले चन्द्रमाको तथ्याङ्कहरू पृथ्वीमा पठाउने काम गरिरहेको छ ।

प्रकाशित मिति: Aug 30, 2023

प्रतिक्रिया दिनुहोस्