Logo
६ जेष्ठ २०८१, आईतबार
(August 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन तस्करी प्रकरणमा व्यापारी अडुकिया पक्राउ

करिब १०० किलो सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् ।

दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिए । उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् ।

इन्डिगो एअरको विमानबाट नयाँ दिल्ली हुँदै नेपाल आइरहेका थिए। ‘अध्यागमन विभागको नेपाली पोर्टमा ब्ल्याक लिस्टमा रहेको देखिएकोले राहदानीसहित नियन्त्रणमा लिएर विभागमा पठाइएको उनको भनाइ छ।

असार ३० मा हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स हुँदै काठमाडौं ल्याइएको ‘ब्रेक प्याड’भित्र राखेर सुन तस्करी हुँदा राकेश अकुडिया पनि मुछिएका छन् । प्रहरीले उनलाई खोजिरहेको बेला छोरा पक्राउ परेका हुन् ।

प्रकाशित मिति: Aug 11, 2023

प्रतिक्रिया दिनुहोस्