Logo
१९ बैशाख २०८१, बुधबार
(August 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रिमियम मूल्यमा रिलायबल लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि बिक्रि खुला

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज साउन २३ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गरेको छ।

यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ५४ सय कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्ने छन्।शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले असार २७ देखि साउन १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयर बाँडफाँड भईसकेको छ। जसमा लगानीकर्ताले अधिकतम ६० कित्ता सम्म शेयर पाएका छन्।

 

प्रकाशित मिति: Aug 8, 2023

प्रतिक्रिया दिनुहोस्