Logo
५ जेष्ठ २०८१, शनिबार
(July 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अक्षय कुमारको ‘ओएमजी २’ लाई २० दृश्य काटेर एडल्ट सर्टिफिकेट, प्रदर्शन अझै अन्योलमा

अक्षय कुमार स्टारर बलिउड फिल्म ‘ओह माइ गड २’ यतिबेला सेन्सरको झमेलामा छ । भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको सेन्सर बोर्डअन्तर्गतको पुनरावलोकन कमिटीले मंगलबार फिल्म हेरेको छ । सेन्सर बोर्ड अध्यक्ष प्रसुन जोशी स्वयंले बोर्डअन्तर्गतको कमिटीमा बसेर फिल्म हेरेको जनाइएको छ ।

विवरणअनुसार उक्त कमिटीले फिल्मको २० दृश्य काटेर एडल्ट प्रमाणपत्र दिनुपर्ने निष्कर्ष निकालेको छ । साथै, बोर्डले निर्मातालाई कारण देखाऊ सूचना पनि पठाउने तयारी गरेको छ ।

तर अहिलेसम्म यस विषयमा निर्माताको आधिकारिक धारणा आएको छैन । यस्तो अवस्थामा फिल्म अहिले कुन अवस्थामा छ भन्ने अनुमान गर्न गाह्रो छ ।

अचम्मको कुरा के छ भने फिल्म रिलिज हुन १६ दिन मात्र बाँकी रहे पनि बोर्डबाट ‘क्लियरेन्स’ भने आउन सकेको छैन । यस्तो अवस्थामा यो विवादका कारण फिल्मको प्रचारप्रसारमा असर परिरहेको छ ।

‘ओएमजी २’ साउन २६ गते रिलिज हुँदैछ । हालै फिल्मको गीत पनि रिलिज भएको थियो, जसमा रिलिज मिति भने उल्लेख गरिएको थिएन । अहिले बिदामा रहेका अक्षय कुमारले फिल्मको हलको मिति तय गर्ने विश्वास गरिएको छ ।

वास्तवमा यो फिल्म यौन शिक्षा जस्ता बोल्ड विषयमा आधारित छ । यस्तो अवस्थामा सेन्सर बोर्डले ‘ओएमजी २’ पुनरावलोकन कमिटीमा पठाएको हो । कमिटीको जवाफपछि बोर्डले फिल्मको भाग्य तय गर्नेछ ।

यसबाहेक ओएमजी २ को ट्रेलर पनि रिलिज भएको छैन । निर्माता ‘रकी और रानी की प्रेम कहानी’ सँगै आगामी जुलाई २७ मा ट्रेलर रिलिज गर्न चाहन्छन् तर बोर्डले अहिलेसम्म फिल्म वा ट्रेलरलाई ग्रिन सिग्नल दिएको छैन । यो फिल्म २०१२ मा रिलिज भएको परेश रावल र अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी’ को सिक्वेल हो । उक्त फिल्ममा अक्षयले श्रीकृष्णको भूमिका निभाएका थिए ।a

प्रकाशित मिति: Jul 26, 2023

प्रतिक्रिया दिनुहोस्