Logo
५ जेष्ठ २०८१, शनिबार
(July 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्युजिकल सिनेमा ‘समलिङ्गी’ सार्वजनिक

नेपाली गीत सङ्गीत बजारमा नयाँ प्रकारको “समलिङ्गी” नामक म्युजिकल सिनेमा सार्वजनिक छ । हालसम्म निस्केको र बनेको भन्दा फरक कथा र विषय समेटेर भिडियो बनाइएको निर्माण पक्षको दाबी छ।

शिरिशा पौडेलको शब्द, भीम बिसीको सङ्गीत तथा समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् । दीपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उक्त भिडियोको सिलन लम्सालले सम्पादन गरेका छन्।

सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक वसन्त सापकोटाले यो म्युजिकल भिडियोमा भने आफू क्रीएटिभ डाइरेक्टरका रूपमा काम गरेका बताए । भिडियोलाई दीपशिखा खड्काले निर्देशन गरेकी हुन् ।

प्रकाशित मिति: Jul 16, 2023

प्रतिक्रिया दिनुहोस्