Logo
१७ बैशाख २०८१, सोमबार
(July 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शोकमग्न पेरिसडाँडा (तस्वीरहरू)

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएपछि नेता–कार्यकर्ता, आफन्त र शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण पनि श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडामा पुगेका छन् ।

छोरीहरु रेणु, गंगा, बुहारी विनालगायत भावविह्वल देखिन्छन् । उनीहरु बेलाबेला भक्कानिँदै र आफैं सम्हालिदै गरेको देखिन्छ ।

सीताको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र आजै आर्यघाटमा अन्त्येष्टि गर्ने माओवादी केन्द्रले जनाएको छ ।

सीताको ६९ वर्षको उमेरमा आज बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु नर्भिक अस्पतालमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

साथै पत्नी शोकमा रहेका प्रचण्डसहितका परिवारजनप्रति समवेदना प्रकट गरेका थिए ।

 

प्रकाशित मिति: Jul 12, 2023

प्रतिक्रिया दिनुहोस्