Logo
५ जेष्ठ २०८१, शनिबार
(July 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण अफ्रिकामा विषाक्त ग्यास चुहावट हुँदा १६ जनाको मृत्यु

दक्षिण अफ्रिकामा ग्यास चुहावटका कारण १६ जनाको मृत्यु भएको छ । यो घटना जोहानेसबर्गको बोक्सबर्गमा भएको हो । मृत्यु हुनेमा महिला र बालबालिका रहेका स्थानीय अधिकारीहरूले बताएका छन् ।

नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण दुर्घटना भएको अनुमान गरिएको छ । ग्यास लिक भएको स्थान अवैध सुन खानी भएको मानिन्छ ।

नाइट्रेट अक्साइड ग्यास सामान्यतया अवैध सुन खानी द्वारा प्रयोग गरिन्छ । यसलाई जामा जमास भनिन्छ ।

बक्सबर्गको घना बस्ती भएको क्षेत्रमा एउटा सिलिन्डर बरामद गरिएको छ । त्यसबाट ग्यास लिक भइरहेको थियो ।

सबै मृतकलाई यस स्थानबाट एक सय मिटरको दायरा भित्र फेला परेका थिए । आपत्कालीन सेवाहरूले बीबीसीसँगको कुराकानीमा कसैलाई पनि अस्पताल नलगिएको जानकारी दिए ।

अझै धेरै जनाको शव फेला पर्न सक्ने आशङ्का गरिएको छ । उद्धार टोली घटनास्थलमा पुगेका छन् ।

प्रकाशित मिति: Jul 6, 2023

प्रतिक्रिया दिनुहोस्