Logo
६ जेष्ठ २०८१, आईतबार
(July 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्सनको अर्धशतकमा नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

आइसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ।

जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन जोड्यो।

नेपालको लागि गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५७ रन जोडे।

त्यसअघि ओपनर कुशल भुर्तेल ८ रनमा आउट भए। उनका ओपनिङ पार्टनर अर्जुन साउदले ४८ रन जोडे। एलबिडब्लूको धरापमा पर्नुअघि उनले ८४ बलमा ३ चौका र २ छक्का हिर्काए।

ज्ञानेन्द्र मल्ल ७ रनमै आउट भए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन बनाए। भीम सार्कीले २० रन जोड्दा कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४४ रनको योगदान गरे।

दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए। सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे। करण केसी ३ बलमा ४ रन जोडेर आउट भए।

बलिङमा आयरल्यान्डका मार्क एडियर, ब्यारी म्याकार्थी र क्रायग योङले २-२ विकेट लिए।

प्रकाशित मिति: Jul 4, 2023

प्रतिक्रिया दिनुहोस्