Logo
५ जेष्ठ २०८१, शनिबार
(June 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनको सहरमा रुसी क्षेप्यास्त्र हमला, कम्तीमा चार जनाको मृत्यु

पूर्वी युक्रेनको क्रामाटोर्स्क सहरमा रुसी क्षेप्यास्त्र हमलामा परेर कम्तीमा चार जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार मंगलबार गरिएको हमलामा क्षेप्यास्त्र एउटा रेस्टुरेन्ट र सपिङ सेन्टरमा परेको थियो ।

यो सहर हाल युक्रेनको नियन्त्रणमा रहे पनि यो रुसी नियन्त्रित क्षेत्रको नजिक रहेको छ । अधिकारीहरूका अनुसार मानिसहरू भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धार कार्य जारी राखिएको छ ।

मारिनेमा एकजना १७ वर्षीया किशोरीसमेत रहेकी छन् । स्थानीय समयअनुसार साँझ साढे ७ बजे यो हमला भएको थियो । हमला गरिएको स्थानमा अपार्टमेन्टहरू पनि रहेका थिए । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरमा भवनहरूमा व्यापक क्षति पुगेको देखिएको छ । अधिकारीहरूले घटनामा कम्तीमा ४० जना घाइते भएका छन् । यसमा ८ महिनाको शिशु र तीनजना विदेशी रहेका छन् ।

प्रकाशित मिति: Jun 28, 2023

प्रतिक्रिया दिनुहोस्