Logo
१७ बैशाख २०८१, सोमबार
(June 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरले आफ्नो पालिका क्षेत्रमा संसदीय क्षेत्र विकास योजना कार्यान्वयन गर्न नदिने

काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृतिबिना संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत् आउने योजना कार्यान्वयन गर्न नदिने भएको छ ।

महानगरका प्रमुख बालेन्द्र शाहले बुधबार २०८०/०८१ को नीति तथा कार्यक्रम पेश गर्दै संघ र प्रदेशबाट आउने यस्ता कार्यक्रममा महानगरको पूर्व सहमति र समन्वय अनिवार्य हुने उल्लेख गरेका हुन् ।

विगतमा रोकिएको कार्यक्रम यरवर्षबाट सरकारले फेरी ल्याएपछि महानगरले त्यस्ता कार्यक्रममा आफ्नो भूमिका खोजेको हो । सांसदहरुले मनलाग्दी छनौट गरेको अवस्थामा मान्य नहुने मेयर शाहले पेस गरेको नीति तथा कार्यक्रममा छ ।

‘संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्व सहमति एवं समन्वय बिना छनौट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिनेव्यवस्था गरिनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालनगर्न एक विद्यालय एक नर्स र विद्यालयमा मनोसामाजिक परामर्शको लागि एक विद्यालय एक सामाजिक सहजकर्ता परिचालन गर्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

त्यस्तै साथै संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच भए नभएको अनुगमन गरिनेछ । सामुदायिक विद्यालयका छात्राहरुका लागि निशुल्क सेनेटरी प्याड र प्याड डिस्पोजेवल मेशिन एवं विद्यार्थीहरुका लागि लकरको व्यवस्था गर्ने पनि उल्लेख छ ।

प्रकाशित मिति: Jun 21, 2023

प्रतिक्रिया दिनुहोस्