Logo
१७ बैशाख २०८१, सोमबार
(June 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजार भाउ नपाएपछि किसानले कालीमाटी तरकारी बजारमै फ्याँके टमाटर(फोटोफिचर)

भाउ नपाएको भन्दै काठमाडौंका किसानले कालीमाटी तरकारी बजारमा ठूलो परिमाणमा टमाटार फ्याँकेर विरोध जनाएका छन् । बजारमा भारतीय टमाटर भित्रिएर महँगोमा बिक्री भइरहँदा नेपाली टमाटरले भाउ नपाएको भन्दै उनीहरूले आइतबार बिहान कालीमाटी तरकारी बजारमा विरोध जनाएका हुन् ।

टनेलमा व्यावसायिक टमाटर खेती गर्नेले अहिले बजारमा ५ रुपैयाँमा पनि टमाटर बेच्न नसकिएको दु:खेसो पोखेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार भारतीय टमाटर(ठूलो) को भाउ प्रतिकेजी न्यूनतम ४० र अधिकतम ५० रुपैयाँ तोक्दा नेपाली टमाटर सानोको भाउ भने न्यनूतम ६ र अधिकतम १० रुपैयाँ तोकेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले हिजोदेखि ९५ टन टमाटर भित्रिएको र बिक्री नभएपछि किसानहरूले फ्याँकेको बताए । किसानहरूले फ्याँकेको टमाटर उठाउन एक्स्काभेटर नै प्रयोगसमेत गरिएको छ ।

प्रकाशित मिति: Jun 18, 2023

प्रतिक्रिया दिनुहोस्