Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको संसद् भवन उद्घाटन गर्दै मोदीले भने, ‘गर्व र आशाले भरिएको दिन हो आज’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ संसद् भवनको उद्घाटन कार्यक्रमको सुरुवात गरेपछि योसँग सम्बन्धित आयोजनामा भाग लिए ।

उनले यसबारे ट्विट गर्दै लेखेका छन्, ‘आजको दिन हामी सबै देशवासीका लागि अविस्मरणीय छ । संसद्को नयाँ भवनले हामी सबैलाई गर्व र आशाले भरिपूर्ण गर्नेछ । मलाई पूर्ण विश्वास छ कि यो दिव्य र भव्य भवन प्रत्येक व्यक्तिको सशक्तीकरणका साथै राष्ट्रको समृद्धि र सामर्थ्यलाई नयाँ गति र शक्ति प्रदान गर्नेछ ।’

यसअघि प्रधानमन्त्री मोदीले ट्विट गर्दै भनेका थिए, ‘नयाँ संसद् भवनले हरेक भारतीयलाई गौरवान्वित गर्नेछ । यो भिडियोले यस प्रतिष्ठित भवनको एक झलक पेस गर्छ । मेरो एउटा विशेष अनुरोध छ, यो भिडियोलाई आफ्नो भोइस–ओभर गरेर साझा गर्नुहोस्, जसले तपाईंको विचारलाई व्यक्त गर्छ । म तीमध्ये केहीलाई रिट्वीट गर्नेछु ।’

नयाँ संसद् भवनको उद्घाटन कार्यक्रमको सुरुवात बिहान सवा सात बजे भयो । प्रधानमन्त्री मोदी संसद् भवन परिसरमा पुगेपछि हवनमा सरिक भए । हवनका लागि हुने मुख्य पूजामा मोदी लोकसभा अध्यक्ष ओम बिडलासँगै बसे ।

प्रकाशित मिति: May 28, 2023

प्रतिक्रिया दिनुहोस्