Logo
८ बैशाख २०८१, शनिबार
(May 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमान खानको ‘टाइगर-थ्री’ मा एउटै एक्सनमा भयो ३० करोड खर्च

बलिउडमा हालसम्म सबैभन्दा बढी कमाई गर्न सफल फिल्म ‘पठान’मा शाहरुख खान र सलमान खानको एकसाथ उपस्थिति दर्शकका लागि उत्कृष्ट स्वाद बन्यो ।

उनीहरुको एक्सन सिक्वेन्सलाई दर्शकले उत्तिकै मनपराए । अब यो फिल्मपछि शाहरुख र सलमान यशराज फिल्मस अन्तर्गत स्पाई युनिभर्सको आगामी स्पाई थ्रिलर फिल्म ‘टाइगर ३’मा एकसाथ देखिँदैछन् ।

‘पठान’मा सलमानको केमियो भए जस्तै ‘टाइगर ३’ मा शाहरुख केमियो गर्दैछन् । फिल्म निर्माताले फिल्मको एक एक्सन दृश्यका लागि ३० करोड रुपैंयाँ खर्च गरेका छन् । फिल्ममा शाहरुख र सलमानको यो एक्सन दृश्य एक बाइक चेज सिक्वेन्सको हुनेछ ।

फिल्म ‘पठान’मा दुवैले शाहरुख र सलमानको एक्सन दृश्य एक रेल भित्र भइरहँदा ‘टाइगर ३’मा भने उनीहरुले एक पुलमा एक्सन कला देखाउनेछन् ।

यो एक्सन दृश्य फिल्मकै सबैभन्दा ठूलो एक्सन दृश्य हुने बताइएको छ । तर यो दृश्यमा फिल्मका मुख्य भिलेन इमरान हासमी र प्रमुख अभिनेत्री कटरीना कैफ भने देखिने छैनन् ।

हालका दिनमा यो एक्सन दृश्य मड आइलेण्डमा खिचिरहिएको छ । एक्सनका लागि एक ठूलो सेट बनाइएको छ । जसमा ५ दिन सुटिङ भइसकेको छ भने अब करिब ८ दिनमा सुटिङ पुरा हुनेछ ।

यो सेटका लागि निर्माताले ३० करोड रुपैंयाँ खर्च गरिसकेका छन् । फिल्ममा मनीष शर्माको निर्देशन छ ।

प्रकाशित मिति: May 19, 2023

प्रतिक्रिया दिनुहोस्