Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनमा आक्रमण गर्न रुसले इरानबाट थप ड्रोन किन्ने अमेरिकाको दाबी

अमेरिकाले युक्रेनमा आक्रमण गर्न रुसले इरानबाट थप ड्रोन किन्न लागेको बताएको छ । यसअघि उसले इरानबाट किनेको ४०० ड्रोन प्रयोग गरिसकेको छ ।

बाइडेन सरकारले गत वर्ष स्याटलाइट तस्बिर र गोप्य जानकारी प्रकाशित गरेको थियो । यस अनुसार इरानले रुसलाई हमला गर्न प्रयोग हुने सयौँ ड्रोन बेचेको थियो ।

विगत थुप्रै महिनादेखि अमेरिकी अधिकारीहरूले इरानले रुसलाई सयौँ क्षेप्यास्त्र बेच्ने विचार गरिरहेको बताउँदै आएका छन् । तर, अमेरिकाले यसको प्रमाण फेला पारेको छैन ।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष जोन किर्बीले भने, ‘इरानले रुसलाई लगातार एकतर्फी आक्रमण गर्ने युएभीहरू दिइरहेको छ ।’

‘यो आपूर्ति अघिल्लो वर्ष अगस्टदेखि नै जारी छ । इरानले रुसलाई ४०० साहेद युएभी दिएको छ ।’

उनले भने, ‘रुसले यी सबै ड्रोन प्रयोग गरिसकेको छ । यसको प्रयोग युक्रेनका महत्त्वपूर्ण भवन, पुल र सडकजस्ता आधारभूत संरचनामा हमलाका लागि भएको छ ।’

प्रकाशित मिति: May 16, 2023

प्रतिक्रिया दिनुहोस्