Logo
२५ बैशाख २०८१, मंगलबार
(April 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा फेरि सहभागीबारे प्रचण्ड र लामिछानेवीच बालुवाटारमा वार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्न लामिछाने आईतबार विहान बालुवाटार पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले चितवन २ को उपनिर्वाचनमा विजयी भएका लामिछानेलाई बधाई दिएका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाएका लामिछाने वैशाख १० मा सम्पन्न निर्वाचनमा पुनः निर्वाचित भएका थिए ।

निर्वाचित भएसँगै उनले सरकारमा सहभागी हुनुको औचित्य र आवश्यकता नरहेको प्रतिक्रिया दिदै आएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड भने रास्वपालाई पनि सरकारमा सहभागी गराउने पक्षमा छन् ।

३ मन्त्रालय सहित फेरि गृहमन्त्री नदिए सरकार विरुद्ध आन्दोलनमा उत्रिने रास्वपाको रणनिित रहेको बताइएको छ । तत्काल सरकारमा सहभागी हुने वा समर्थन फिर्ता लिनेबारे छलफल गर्न रास्वपाले सोमबार केन्दीय कार्यसमितिको बैठक बोलाएको छ ।

भोली विहान ११ बजे बस्नेगरी बोलाइएको उक्त बैठकमा सरकारलाई दिएको समर्थनको विषयमा छलफल हुँदैछ । शुक्रबार सांसद पदको शपथ ग्रहणलगत्तै लामिछानेले सरकारलाई दिएको समर्थनको विषयमा संसदीय दल र केन्द्रीय समितिको बैठकमा गम्भीर समीक्षा गर्ने बताएका थिए ।

उनले सरकारको न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले भन्दै गम्भीर आपत्तिसमेत जनाउँदै आएका छन् । रास्वपाले भोली नै संसदीय दलको बैठकसमेत बोलाइएको छ ।

दिउँसो ३ बजे बस्ने उक्त बैठकमा छलफल गरेर लामिछाने फेरि संसदीय दलको नेता बन्ने तयारीमा छन् ।

प्रकाशित मिति: Apr 30, 2023

प्रतिक्रिया दिनुहोस्