Logo
२५ बैशाख २०८१, मंगलबार
(April 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीद्वारा जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन गरेका छन् ।

आज बिहान गृहमन्त्री श्रेष्ठले आयोगको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । धनुषा जिल्ला हुलाक कार्यालयको निर्मित भवनमा स्थापना गरिएको आयोगको कार्यालयको एक समारोहबीच उनले उद्घाटन गरेका हुन् ।

मुख्यतः मधेसमा गरिब विपन्न तथा सर्वसारधारणहरु मिटरब्जायी साहुको आतङ्कमा परेपछि पैदल हिडेर काठामाडौं गएर कठोर रूपमा आन्दोलन गरेपछि सरकारले तीन सदस्यीय आयोग गठन गरेको थियो । गठन गरिएको आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको छ ।

आयोगको अध्यक्षमा पूर्व न्यायाधीश गौरीबहादुर कार्की र सदस्यहरूमा पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेशबहादुर अर्याल रहेका छन् ।

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पीडितहरूसँग उजुरी आह्वान पनि आव्हान गरिसकेको छ । पीडितहरू ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सक्नेछ ।

उजुरीलाई व्यवस्थित गर्न सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । जहाँ कर्मचारीले नै निवेदन फारम भराइदिने छ । आयोगले उजुरी दिन १७ देखि ३१ वैशाखसम्म समय तोकेको छ ।

प्रकाशित मिति: Apr 30, 2023

प्रतिक्रिया दिनुहोस्