Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता सुरेन्द्र पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दै

नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज मुख्यमन्त्री नियुक्त हुने भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिएको समयसिमा अघि नै सरकार दाबी गर्न जाने तयारी गरेको नेताहरूले बताएका छन्।

गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि मुख्यमन्त्री दाबी गर्दै आएका थिए। शीर्ष नेताहरूबीच पहिलो चरणमा कांग्रेस र दोस्रो चरणमा माओवादीले नेतृत्व गर्ने गरी सहमति भएको चुमानले दाबी गरेका छन्।

मंसिर ४ मा भएको निर्वाचनपछि गण्डकीमा नेकपा एमालेका संसदीय दल नेता खगराज अधिकारी नेतृत्वको सरकार गठन भएको थियो। केन्द्रमा एमाले सरकारबाट बाहिरिएपछि गण्डकीमा माओवादी सरकारबाट बाहिरिएको थियो।

मुख्यमन्त्री अधिकारीले गत शनिबार प्रदेश सभामा विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। मुख्यमन्त्रीबाट अधिकारी पदमुक्त भएपछि प्रदेश प्रमुख गुरुङले सोमबार संविधानको धारा १६८ उपधारा २ अनुसार दुई वा दुई भन्दा धेरै दल मिलेर बहुमतको सरकार गठन गर्न आह्वान गरेका थिए।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र मनाङबाट निर्विरोध चुनाव जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका १ सांसद छन्।

प्रकाशित मिति: Apr 27, 2023

प्रतिक्रिया दिनुहोस्