Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता डिल्लीबहादुर चौधरी लुम्बिनीका मुख्यमन्त्री बन्दै

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी बिहीबार मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ। चौधरीलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै दलहरूको समर्थन छ।

नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले चौधरीलाई मुख्यमन्त्री बनाउन आग्रहसहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्ने तयारी गरेका छन्।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न वैशाख १२ गते नै समयसीमा तोकिदिएका थिए।

८७ सदस्य लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४-४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३-३ , राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १-१ र स्वतन्त्रबाट १ सांसद छन् ।

प्रकाशित मिति: Apr 27, 2023

प्रतिक्रिया दिनुहोस्