Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२७ दिनपछि रिहा भइन् अभिनेत्री क्रिसन परेरा, ट्रफीमा लागुऔषध लुकाएको आरोप

‘सडक २’ र ‘बाटला हाउस’ की अभिनेत्री क्रिसन परेरा २७ दिनपछि शारजाहस्थित जेलबाट रिहा भएकी छन् । उनीमाथि शारजाह लगिएको एक ट्रफीमा लागुऔषध लुकाएको आरोप थिए ।

जसकारण उनलाई गत अप्रिल १ मा शारजाहको युएईस्थित विमानस्थलबाट पक्राउ गरिएको थियो । क्रिसन जेलबाट रिहा भएपछि उनका परिवार खुशी भएका छन् ।

क्रिसनको परिवारले छोरीलाई जबरजस्ती फँसाइएको आरोप लगाएका थिए । आरोपपछि मात्र प्रहरीले अनुसन्धान गरिएको थियो । अनुसन्धानपछि पल नामका एक मास्टरमाइण्डले क्रिसनको आमासँग बदला लिन योजना बनाएको खुलेको थियो ।

मुम्बई क्राइम ब्रान्चले दुई व्यक्ति एन्थोनी पल र राजेश बोबाटेलाई क्रिसनलाई लागुऔषध ओसारपसार मुद्दामा फसाएको आरोपमा पक्राउ गरेको छ ।

परिवारका अनुसार एन्थोनीले पार्टनरसँग मिलेर एक अन्तर्राष्ट्रिय वेब सिरिजमा अडिसन दिनका लागि क्रिसनलाई युएई बनाउने योजना बनाएका थिए । उनी युएई जाने बेलामा विमानस्थलमा उनलाई ट्रफी दिइएको थियो । जहाँ लागुऔषध राखिएको थियो ।

 

प्रकाशित मिति: Apr 27, 2023

प्रतिक्रिया दिनुहोस्