Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।

एमालेबाट नियुक्त चार मन्त्री तथा एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा दिएका हुन् ।

मधेस प्रदेशमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, प्रदेश सभा मामिला तथा कानुन मन्त्री राजकुमार लेखि, गृह तथा सञ्चार सत्रुधन सिंह, महिला वालवालिका मोजैद आलम र गृहराज्यमन्त्री केशव राय रहेका थिए ।

संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो ।

केन्द्रमा बनेको गठबन्धनअनुसार मधेस प्रदेशमा पनि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउने तयारी छ ।

प्रकाशित मिति: Apr 4, 2023

प्रतिक्रिया दिनुहोस्