Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रालय भागवण्डाका विषयमा प्रचण्डसहित देउवा र खड्काबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का लगायत नेताहरू मन्त्रालय भागवण्डाका विषयमा छलफल गरी रहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड सहित देउवा र खड्का तीन शीर्ष नेता जारी राखेका छन् ।

देउवाले कांग्रेस उपसभापति खड्कालाई रक्षा मन्त्री बन्न प्रस्ताव गरेका छन् । तर, खड्काले असन्तुष्ट जनाउँदै अर्थ मन्त्री बन्न दबाब बढाएका छन् ।

अर्थ मन्त्रीमा प्रकाश शरण महत बन्न लागेकाले खड्कालाई रक्षा बन्न आग्रह गरिएको हो ।

प्रकाशित मिति: Mar 31, 2023

प्रतिक्रिया दिनुहोस्