Logo
१३ बैशाख २०८१, बिहीबार
(March 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिवचन्द्र कुशवाहा माओवादी छाडेर जनमतमा प्रवेश, बारा–२ का लागि उम्मेदवारी घोषणा

माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । उनले आजै जनमत पार्टीमा प्रवेश गरी बारा–२ का लागि उम्मेदवारी पनि घोषणा गरेका छन् ।

जनमत पार्टीका अध्यक्ष डा.सिंके राउतले लोकतन्त्रको रक्षाका लागि शिवचन्द्र कुशावाहालाई जनमत पार्टीबाट उम्मेदवार बनाएको घोषणा गरे । ‘गठबन्धनले जालझेल गरिरहेको छ, त्यसलाई चिर्नका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएका छौं’ उनले भने ।

उनले अन्य साना वैकल्पिक शक्तिहरुले पनि जनमत पार्टीका उम्मेदवार कुशवाहालाई सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले आफूलाई मधेश प्रदेशमा मुख्यमन्त्री दिएपनि बारा २ नछाड्ने घोषणा गरे ।

उनले भने, ‘मधेश प्रदेशको मुख्यमन्त्री र बारा –२ लाई एकसाथ जोडर हेर्न हुँदैन ।’ बारा २ मा सत्य र असत्य बीचमा लडाई हुने भएकाले गठबन्धनले उम्मेदवार उठाए पनि आफूहरु पछाडि नहट्ने उनले बताए ।

प्रकाशित मिति: Mar 29, 2023

प्रतिक्रिया दिनुहोस्